आज :

कर्णाली प्रदेश सरकारको पहिलो निर्णयः एक बर्षमा १० हजार व्यक्तिलाई रोजगारी दिने

  • अनलाइन डबली

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले समृद्ध कर्णालीका लागि दश हजार रोजगारी सिर्जना गर्ने प्रस्ताव राखेका छन् । प्रदेशका पहिलो मन्त्रिपरिषद् ‘बैठकमा शर्माको प्रस्तावमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको संयोजकत्वमा ‘समृद्ध कर्णालीका लागि रोजगारी मार्फत स्वारोजगारीको मार्चचित्र तथा कार्ययोजना निर्माण कार्यदल’ गठन गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशमा सार्वजनिक, नीजि तथा सामुदायीक क्षेत्रको सहकार्यमा वार्षिक दश हजार रोजगारी सिर्जना गर्ने बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

कार्यदललाई ३० कार्यदिनको समय दिइएको छ । “कार्यदलले तयार गर्ने समृद्ध कर्णालीका लागि रोजगारीमार्फत स्वरोजगारीको मार्गचित्र तथा कार्ययोजनामा रोजगारीसँग सम्बन्धीत मौज्दा संघ, प्रदजेश र स्थानी तहका र दातृ निकायका कार्यक्रमको सूची र अवस्थाको विश्लेषण, कर्णाली प्रदेशमा रोजगारी सिर्जना गर्न सकिने सभ्भावित तुलनात्मक लाभका क्षेत्रहरु, कर्णाली प्रदेशमा नीजि लगानीको अवस्था र नीजि लगानी आकर्षण गर्न सकिने क्षेत्रहरु, रोजगारीका खाकासहितको कार्ययोजना, कार्ययोजनाको लागि स्रोताक प्रक्षेपण र लगानीकताहरु, आधारभूत तथ्यांंक संकलनका लागि प्रश्नावली, रोजगारी सिर्जनाका लागि विषयकत क्षेत्रको कार्य जिम्मेवारी बाँडफाँडको खाका, रोजगारी सिर्जनामा प्रविधि प्रयोगको खाका र कार्यदलले उचित ठहर्याएका अन्य विषयहरु समावेश गर्नुपर्ने निर्णय भएको छ” प्रदेश सचिव प्रेमप्रसाद आचार्यले जारी गरको विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal