
काठमाडौं । आज सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले तत्काललाई जमिन भिज्नेगरी पानी पर्ने छैन। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना रहेको छ ।
अन्य ठाउँको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान छ ।
पश्चिमी वायुको सामान्य प्रभावकै कारण आज काठमाडौंको तापक्रम घटेक्रम घटेकाे छ । बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
हिजो ४ दशमलव २ डिग्री सेल्सियस र अस्ति ४ दशमलव ५ डिग्री सेल्सियस थियो ।