
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । स्वास्थ्यमा फेरि समस्या देखा परेपछि ललितपुको सुमेरु अस्पतालमा भर्ना भएका पुनलाई चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।
अस्पतालका चिकित्सक डा.युवराज शर्माका अनुसार पछिल्लो पटक पुनको कलेजोमा थप समस्या देखा परेको छ । उनले पछिल्लो समय कलेजो कमजोर देखिएको बताए ।
कलेजोकै कारण जण्डिस बढेर पेटमा पानी आउने रगत पात्लो हुने भइराखेको डा. शर्माले जानकारी दिए । लिभर कमजोर भएपछि फेर्नुको विकल्प नभएको समेत उनले बताए ।
नेपालमा कलजो प्रत्यारोपण गर्दा समस्या आउन सक्ने भएकाले देश बाहिर कहाँ लग्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
नेपालमै पनि कलेजो प्रत्यारोपण गर्न सकिन्छ तर पुनको कता गर्ने भन्नेमा चिकित्सक, पार्टी तथा परिवारले निर्णय गरिसकेको छैन । नेपालमा ३० देखि ४० लाखमा कलेजो फेर्न सकिन्छ भने भारतमा ५० देखि ६० लाख खर्च हुने गर्छ ।