आज :

पोखरा विमान दुर्घटनाः विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौं ल्याइँदै

  • अनलाइन डबली

काठमाडौं । पोखरा भएको यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका विदेशी नागरिक र चालक दलका सदस्यको शव आज काठमाडौं ल्याइँदैछ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार विदेशी नागरिक र चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको छ । त्यस्तै, शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाउने र चिन्न नसकिने अवस्थाका र काठमाडौँ आसपासका शवहरु काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

केसीले २०–२२ जनाको शवको परीक्षण गरी आफन्तलाई बुझाउने कार्य सुरु गरिएको छ ।  अन्य शव ल्याउन हिजै हेलिकोप्टर पोखरा पुगिसकेको थियो । आज विहान ११ बजेतिर शवहरु काठमाडौँ आइपुग्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal