काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनाको शोकमा आज सरकारले देशभर शोक बिदा दिएको छ । आइतबार काठमाडौंबाट पोखरा जाँदै गरेको विमानमा सवार ६८ जनाको मृत्यु भएको छ । बाँकीको खोजीकार्य जारी रहेको छ ।
आइतबारको दुर्घटना नेपालको हवाई यातायातकै इतिहासकै सबैभन्दा ठूलो हो । यही शोकमा आज शोक बिदा दिँदै सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । जहाज दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले उद्दारमा जुट्न निर्देशन दिँदै उच्चस्तरिय छानविन समिति समेत गठन गरेको थियो ।
आइतबार बिहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।