काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका ६३ जनाको शव संकलन गरिएकामध्ये २५ शवको सनाखत भएको छ । कास्की प्रहरीका अनुसार आइतबार साँझनै ६३ वटा शव घटनास्थलबाट गण्डकी अस्पतालमा राखिएको छ ।
नागरिक उडड्यन प्र्राधिकरणको खोज तथा उद्दार समन्वय केन्द्रले यती एयरलाइन्स प्रालिको ९ एन एएनसी एटिआर विमान दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको जनाएको छ । अज्ञात यात्रुहरु पानीमा डुबेको अशंकामा घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ ।
प्रहरीका अनुसार ३ जना गोताखोरसहित १५ जना विपद व्यवस्थापन तालिम प्राप्त टोली कुरिनटारबाट पोखरा पुगिसकेको छ ।
आइतबार अँध्यारो भएका कारण विमान दुर्घटनास्थलमा आइतबार अबेर खोज तथा उद्धार स्थगित गरिएको थियो । अहिले विहानबाट फेरि सुरु गरिने कास्की प्रहरीले जनाएको छ ।
दुर्घटना स्थलमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी गरी ७ सय जना परिचालन गरिएको थियो ।