आज :

नेपाल तरुलमा आत्मनिर्भर बन्दै, भारतबाट ८ प्रतिशत मात्रै आयत

  • अनलाइन डबली

काठमाडौं। नेपाल तरुलमा आत्मर्निभर बन्दै गएको छ । माघीको समयमा सबैभन्दा बढी विक्री हुने तरुल विगतभन्दा यो वर्ष भारतबाट कम आयत भएको छ । बजारमाको माग स्वदेशी तरुलले धानेकैले बाहिरबाट आयत ह्वात्तै घटेको हो ।

विचौलियाले नेपाली तरुलभन्दा भारतीय तरुल स्वादिलो हुन्छ भन्दै यो वर्ष पनि ठूलो मात्रामा भित्र्याएका छन् । तर, यो विगतका वर्षभन्दा निकै कम रहेका व्यवसायीहरु बताउँछन् ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार माघे संक्रान्तिको लागि मागको करिब साढे ८ प्रतिशत मात्रै आयात भएको छ। बाँकी ७२.५ प्रतिशत तरुल स्वदेशी उत्पादित हो । माघीमा तरुलसँगै, पिँडालु, इस्कुसको जरा, सखरखण्ड र कन्दमुलहरु बढी खपत हुन्छ । तरुलजस्तै अन्य पनि स्वादेशकै छ ।

समितिका अनुसार माघीलाई केन्द्रीत गरेर बजारमा करिब १७ सय ३५ टन कन्दमुलहरु भित्रिएको छ । यसको ठूलो हिस्सा स्वदेशी उत्पादन रहेको छ । स्वदेशी तरुल भारतीयभन्दा महंगो भएपनि उपभोक्ताहरुले तराईका जिल्लामा उत्पादित हात्तिपाइले, वन तरुलहरु बढी मन पराउँछन्।

कालीमाटी बजारको शनिबारसम्मको तथ्यांक अनुसार करिब १२ सय ६० टन तरुल बजारमा गएको छ । जसमा भारतबाट २ सय २६ टनमात्र तरुल आयात भएको छ । नेपालका तराई तथा पहाडी जिल्लाहरुबाट यसवर्ष बढी तरुल उत्पादन भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal