आज :

वायु सेवा निगमले सञ्चय कोषको ३३ करोड ९ लाख ऋण तिर्यो

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको रु. ३३ करोड ९ लाख ५५,२८१ भुक्तानी गरेको छ ।

निगमले  पौष २९ गते कर्मचारी सञ्चय कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रकम भुक्तानी गरिएको हो ।

विगतमा विविध कारणले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नभइरहेकोमा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि मिति २०७९ असार ३० गते १ अर्ब ३५ करोड रुपैयाँ र २०७९ कात्तिक १ गते ७३ करोड ९ लाख ५५,२८१ भुक्तानी गरिसकेको व्यहोरा निगमले सम्बन्धित सबैमा अवगत गराइएको बिज्ञप्ति मार्फत जनाएको  छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal