आज :

पाँच महिनाको वित्तीय प्रतिवेदन सार्बजनिकः विदेशी मुद्रा सञ्चितीमा सुधार, मूल्यवृद्धि नियन्त्रण

  • अनलाइन डबली

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच महिनाको आर्थिक तथ वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले साउनदेखि मंसिरसम्मको अवस्थामा सार्वजनिक गर्दै विदशी मुद्रा सञ्चिती बढ्नुको साथै मूल्यवृद्धि नियन्त्रण उन्मुख रहेको बताएको छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर) सम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजकि गर्दै विदेशी मुद्रा सञ्चिति बढ्दै गएको उल्लेख गरेको छ । राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा आउँदा ६.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको छ ।

अमेरिकी डरलको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँमा हिसाब गर्दा ६ प्रतिशत भन्दा माथिले विदेशी विनियम सञ्चिति बढेपनि अमेरिकी डलरमा भने ३ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७९ मंसिर मसान्तमा ९ अर्ब ८२ करोड कायम राष्ट्र बैंकले उल्लेख गरेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ११ खर्ब ३९ अर्ब २२ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ५३ अर्ब ३४ करोड कायम भएको छ । २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको जनाएको छ । त्यस्तै, रेमिट्यान्स नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको जनाएको छ ।

त्यसैगरी मूल्यवृद्धि पनि नियन्त्रण हुँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाबाटै उच्च मुद्रास्फीति ब्यहोरेको मुलुकले पछिल्लो महिना भने नियन्त्रण उन्मुख देखिएको हो । राष्ट्र बैंकका अनुसार मंसिरसम्मको तथ्यांक अनुसार मंसिर मसान्तभित्र मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । जबकी कात्तिक महिनासम्म मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

असोज मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो भने यसको तुलनामा मंसिरमा आउँदा मूल्यवृद्धिमा सुधार देखिएको छ । मंसिर मसान्तसम्म खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal