आज :

बैंकपछि फाइनान्स कम्पनीहरुले आज ब्याजदर घटाउँदै

  • अनलाइन डबली

काठमाडौं । आज फाइनान्स कम्पनीहरुले ब्याजदर घटाउने लागेका छन् । नेपाल वित्तीय संस्था संघको बैठक बसेर ब्याजदर घटाउन लागेको हो । संघका अध्यक्ष सरोज तुलाधरले आज बस्ने बैंठकले ब्याजदर घटाउने बताए ।

बिहीबार डेभलपमेन्ट बैंकर्स एशोशियसनको बैठकले विकास बैंकको ब्याजदर घटाउने निर्णय गरेको  थियो । बैठकले माघदेखि लागु हुने गरि ब्याजदर घटाउने निर्णय गरेको छ ।

एशोसियसनका अध्यक्ष प्रध्युमन पोखरेलका अनुसार विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा हालको ब्याजदर १२.८५ प्रतिशत रहेकोमा त्यसलाई १२ प्रतिशत कायम गरिएको छ ।

बुधबार नेपाल बैंकर्स संघको निर्णयसँगै विकास बैंक र फाइनान्सलाई पनि ब्याजदर घटाउन दवाव सिर्जना भएको थियो ।

बैंकर्स संघले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटाएर ११ प्रतिशत कायम गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal