
काठमाडौं । भारतमा उत्पादिन कफ सिरप ‘डक–१ म्याक्स’ को प्रयोग नगर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कफ सिरप आग्रह गरेको छ । यही कफ सिरप ‘डक–१ म्याक्स’ कै कारण केही समय पहिले उज्वेकिस्तानमा २० जना बालबालिकाको ज्यान गएको पुष्टि भएको थियो ।
दर्जनौं बालबालिका गम्भीर बिरामी परेपछि अनुसन्धान गर्दा भारतले उत्पादन गरेको कफ सिरप ‘डक–१ म्याक्स’ कै कारण बालबालिकामा असर परेको पुष्टि भएको थियो ।
समाचार संस्था एएफपीका अनुसार डब्ल्यूएचओले भारतको मेरियन बायोटेकले उत्पादन गरेको यो औषधि गुणस्तरहीन भएको र कम्पनीले स्वास्थ्य सुरक्षा र गुणस्तर सुनिश्चित गर्न असफल भएको जनाएको छ । अघिल्लो महिना ‘डक–१ म्याक्स’ नामको खोकी रोक्ने झोल औषधि खाँदा बालबालिका उक्त समस्या देखा परेको थियो ।
भारतको स्वास्थ्य मन्त्रालयले यो कम्पनीको उत्पादन रोकेको थियो भने उज्वेकिस्तानले पनि आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।
डब्ल्यूएचओले विज्ञप्ति निकालेरै औषधिमा प्रयोग भएको ‘डाइथिलीन ग्लाइकोल’ र ‘इथिलीन ग्लाइकोल’ मानव स्वास्थ्यका लागि विषाक्तले बालबालिकामा यसको प्रयोगले गम्भीर क्षति गर्ने जनाएको छ । मेरियन बायोटेक कम्पनीका जिम्मेवार व्यक्तिसँग प्रतिक्रियाका लागि प्रयास गरेको तर सम्पर्क हुन नसकेको पनि एएफपीले जनाएको छ