आज :

सन्दीप लामिछाने २० लाख धराैटी तिरेर आज रिहा हुँदै, विदेश जान नपाउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने धरौटी रकम तिरेर आज रिहा हुँदैछन् । जबरजस्ती करणीको मुद्दामाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको थियो । नाबालिग बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट थुनामै बस्नुपर्ने गरी भएको थुनछेक आदेशविरुद्ध लामिछाने उच्च अदालत पाटनमा रिट निवेदन लिएर पुगेका थिए ।

लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । तर काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतको आदेश काठमाडौं जिल्ला अदालत हुँदै कारागार कार्यालयमा पुग्न समय लाग्ने भएकोले बिहीबार समय अभावका कारण लामिछाने रिहा हुन सकेनन् ।

आज धराैटी रकम बुझाएर सन्दीप रिहा हुने बताइएको छ । तर अदालतले विभिन्न शर्त राखेको छ । उनले उक्त शर्त उल्लंघन गरेमा पुन पक्राउ गर्न सकिने विषय उल्लेख गरिएको छ । २० पृष्ठ लामो आदेशमा शर्तसहितको धरौटी खोलिएको छ ।

थुनछेक प्रयोजनको लागि भएको बहसमा सन्दीपक्षका अधिवक्ताहरुले नाबालिग भनिएकी किशोरीको उमेर १८ वर्ष पुगिसकेको तर जाहेरवालीको बकपत्र तथा उनीहरुको साक्षीलाई मात्रै प्रमाणको रुपमा लिएर काठमाडौं जिल्ला अदालतले आदेश गरेको बताएका थिए ।

प्रमाणको मूल्यांकन हुन नसकेको र पर्याप्तमात्रामा प्रमाणको विश्लेषणसमेत नगरिएको कारण काठमाडौं जिल्ला अदालतले गरेको बेरितको आदेश बदर गर्न माग अधिवक्ताहरुले माग गरेका थिए । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा र रमण श्रेष्ठ तथा अधिवक्ताहरू सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा लगायतले बहस गरेका थिए ।

त्यसैगरी वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिल र जाहेरवाली पक्षका अधिवक्ताहरुले लामिछानेलाई रिहा गर्दा प्रमाण नष्ट हुनसक्ने खतरा भएकाले थुनामै राख्नुपर्ने जिकिर गरेका थिए ।

दुवै पक्षको बहस सकिएपछि उच्च अदालत पाटनले मुद्दाको किनारा नलागेसम्म देशबााहिर जान नपाउने गरी धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal