
सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सपथ ग्रहण गराएका थिए ।
शर्मासँगै आजै दुई मन्त्रीलाई शपथ गराइएको छ । नवनियुक्त दुई मन्त्रीहरूमा नेकपा माओवादी केन्द्रबाट मुगु (ख) का मंगल शाही र एमालेबाट दैलेख (ख) बाट निर्वाचित विनोदकुमार शाह छन् ।