
काठमाडौं । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीमा जुटेको छ ।आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि संघले दुई वटा समिति बनाएको छ ।
संघका अध्यक्ष दुजाङ शेर्पाले घोषणापत्र तयारी समिति संयोजकमा पुजन गन्धर्व र प्रचार प्रसार समितिको संयोजकमा डा. सन्तोष उपाध्यायलाई मनोनित गरेका छन् ।
गठित दुई समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्नसक्ने अधिकार दिइएको छ । स्ववियु निर्वाचनमा नेविसंघले सशक्त ढंगले सहभागी जनाउने अध्यक्ष शेर्पाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।