आज :

एनएमबि लघुवित्तले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति ?

  • अनलाइन डबली

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको २७ पुस (बुधबार) बसेको सञ्चालक समितिको बैठकले १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरूलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद सेयर वितरण गर्नेछ ।

लघुवित्तले हाल काय चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजार ८८२ रुपैयाँको १० प्रतिशतले हुने आउने ६ करोड ५५ लाख ८६ हजार २८६ रुपैयाँ बराबरको बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०।५२६३ प्रतिशतले हुन आउने ३४ लाख ५१ हजार ९१०रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal