काठमाडौं । विश्वकप जितेका लियोनल मेसीको गोलसँगै फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग एन्गर्स पराजित भएको छ । बुधबार भएको खेलमा पीएसजीसँग एंगर्सलाई २–० गोलले पराजित भएकोहो ।
खेलको ७२ औं मिनेटमा मेसीले पीएसजीका लागि दोस्रो गोल गरे । आफ्नो घरेलु मैदानमा प्राप्त यस जितपछि लिगको शीर्ष स्थानमा पीएसजीको पकड अझ बलियो भएको छ । उसको १८ खेलबाट ४७ अंक भएको छ ।
दोस्रो स्थानमा रहेको लेन्सले भने स्ट्रसबर्गसँग २–२ को बराबरी खेल्यो । तेस्रो स्थानमा मार्से भने ट्रोयसमाथि २–० को जित निकाल्न सफल रह्यो । लेन्सको ४१ र मार्सेको ३९ अंक रहेको छ ।