काठमाडौं । नेपाल बैंकर्स संघले नयाँ नेतृत्व चयन गरेको छ । बुधबार बसेको संघको साधारणसभाले संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई चयन गरेको छ ।
नयाँ नेतृत्व चयन गरेसँगै संघले एक महिनासम्म ब्याजदर घटाउने निर्णय गरेको छ । संघका अनुसार माघ महिनाको लागि १.१३ प्रतिशतको दरले ब्याजदर घटाइएको छ ।
अब माघ महिनाको लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर १२.१३ प्रतिशतबाट घटेर ११ प्रतिशत कायम हुने भएको छ । त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याज पनि १०.१३ प्रतिशतबाट घटेर ९ प्रतिशत कायम हुने भएको छ ।