आज :

युक्रेनमा रुसलाई ठूलो सफलता, नुनको खानी रहेको सोलेदार र २ सय लामो सुरुङ कब्जा

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनमा रुसी सेनाले थप सफलता हासिल गरेको छ । नुनको खानी रहेको नगर सोलेदार रुसी सेनाले पूर्णरुपमा कब्जामा लिएको छ । नुनको खानी भएकाले युक्रेन र अमेरिकाले सो क्षेत्रमा ठूलो सैन्य शक्ति परिचालन गरेका थिए ।

सैन्य विज्ञका अनुसार रुसी सेनाले सो क्षेत्र कब्जा गर्नु भनेको युक्रेन र अमेरिकालाई ठूलो धक्का पुगेको छ । चिसोमा कठांग्रिने अवस्थामा रुसी सेनाले भिषण हमला गरिरहेको छ । रुसी सेना सोलेदार कब्जापछि बक्मुदतिर अघि बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोलेदारमा आफ्नो नियन्त्रणभन्दा बाहिर गएको स्वीकारगरेका छन् । उनले सोलेदारमा जीवन नरहेको र कतै सिङ्गो भित्ता नबचेको बताएका छन् ।

जनसंख्याको हिसाबमा यो नगरमा १० हजार मात्रै नागरिक भएपनि नुनको खानी भएको र बक्मुद कब्जा गर्नका लागि आधारका रूपमा हेरिन्छ । त्यस्तै, सो क्षेत्रमा २०० लामो सुरुङ रहेकोले पनि लडाइँको लागि महत्वपूर्ण रहेको यूकेले बताएको छ । युक्रेनले पनि उक्त सुरुङलाई रुसविरुद्धको लडाइँमा प्रयोग गर्ने भन्दै अहिलेसम्म लडाइँ जारी राखेको थियो ।

बीबीसीका अनुसार वाग्नर प्रमुखले ती सुरुङलाई भूमिगत सहरहरूको सञ्जाल भन्दै ८० देखि १०० मिटरको त्यसको गहिराइमा मानिसहरूको ठूलो समूह रहन सक्ने बताएका छन् । सुरुङभित्र ट्याङ्क र अन्य सैन्य गाडीहरू सहजै चल्न सक्ने उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal