आज :

प्रतिनिधि सभाको सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने

  • संवाद डबली

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख पदको चुनाव यही माघ ५ गते हुने भएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले सभामुख पदको चुनावकाे मितिबारे संसद्लाई जानकारी गराउनुभएको हो । त्यस अवसरमा उहाँले संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमलाई सभामुखकाे चुनावकाे कार्यक्रमसम्बन्धी सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिनुभयो ।

सभाका ज्येष्ठ सदस्य राणाले भन्नुभयो, ‘प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभा सभामुख पदको चुनावका लागि यही २०७९ साल माघ ५ गते बिहीवारको दिन तोकेँ । साथै त्यही नियमको उपनियम १ बमोजिम सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमलाई सभामुख पदको चुनाव कार्यक्रमसम्बन्धी सूचना मिति २०७९ माघ ३ गते मङ्गलवारको दिन प्रकाशित गर्नसमेत निर्देशन दिन्छु ।’

सत्तारूढ दलहरुबीच सभामुख नेकपाएमालेलाई दिने सहमति भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal