आज :

कांग्रेसद्वारा दाहालको पक्षमा मतदान गर्न निर्देशन

  • संवाद डबली

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा कांग्रसका मुख्य सचेतक रमेश लेखकले पार्टीका सांसदहरुलाई ह्वीप जारी गर्नुभएको हो । संसदीय दलले ह्वीप लगाएपछि कांग्रेसका असन्तुष्ट सांसदहरु पनि दाहाललाई मत दिने पक्षमा पुगेका छन् ।

कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्य सतिको बैठमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एवं सांसदहरु प्रकाशमान सिंह,अर्जुन नरसिंह केसी र प्रदीप पौडेलले दाहाललाई विश्वासको मत दिन नहुने भन्दै असन्तुष्टि जनाएका थिए । तर त्यति हुँदा हुँदै पनि बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो । संसदीय दलको ह्वीप सँगै अब असन्तुष्टहरुले पनि दाहाललाई मत दिनेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal