आज :

प्रधानमन्त्री प्रचण्डलाई मत दिन्छौँ तर संसदमा बलियो प्रतिपक्षी बनेर बस्छौँ : देउवा

  • अनलाइन डबली

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर प्रतिपक्षमै बस्ने बताउनुभएको छ ।

प्रतिनिधि सभालाई सम्बोधन गर्दै देउवाले संसदमा बलियो प्रतिपक्षी नहुँदा नागरिकका आवाज बुलन्द हुन नपाउने कुरालाई ध्यान दिएर नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने र सरकारका कामलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो ।

‘सरकारलाई सदन र सदनलाई नागरिकप्रति जवाफदेही बनाउनुपर्छ । प्रभावकारी विपक्षी संसदमा नहुँदा नागरिकका आवाज गुञ्जन गाह्रो हुन्छ । सरकारमाथि निरन्तररूपले निगरानी राख्नु सांसदको कर्तव्य हो, त्यसैले हामी सरकारमा सहभागी हुँदैनौँ, संसदमा प्रतिपक्षीको रूपमा बस्छौँ’, देउवाले भन्नुभयो ।

अहिले देशलाई आर्थिक समृद्धि चाहिएको र नागरिकलाई देशमा सरकार भएको अनुभूति दिनुपर्ने अवस्था आएकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर काम गर्न सहज बनाउने देउवाको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal