आज :

‘वनप्लस टेन टी’ मोबाइल नेपाली बजारमा आउँदै, यस्तो छ फिचर्स र मूल्य

  • अनलाइन डबली

काठमाडौं । ‘वनप्लस टेन टी’ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक हुने भएको छ । वनप्लसको नेपालस्थित आधिकारिक बिक्रेता स्मार्ट टक प्रालिले आउँदो जनवरी १३ अर्थात् पुस २९ गते ‘वनप्लस टेन टी’ (Oneplus 10T) भित्र्याउन लागेको हो ।

१६ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य एक लाख १४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

‘न्युरोडको टेलिसिक्स मोबाइलका बिक्रेता दिपेन्द्र चौलागाईंले यस मोबाइलको समग्र डिजाइन वनप्लस टेन प्रो जस्तै रहेको बताएका छन् । जसको पछाडि भागमा ठूलो आयातकार क्यामेरा बम्प राखिएको छ । तर आन्तरिक रूपमा भने विभिन्न नयाँ अपग्रेडहरू पाउन सकिन्छ । जसमा सबैभन्दा रोचक विषय यसको चार्जिङ प्रविधि हो ।’

वनप्लसका अनुसार यसमा स्मार्टफोन बजारमै सबैभन्दा ठूलो र आधुनिक कुलिङ प्रविधि राखिएको छ, जसले गर्दा फोनमा हरेक चिज सहज तरिकाले चलाउन सकिनेछ । फोनको अगाडि भागमा ६.७ इञ्चको ओलेड डिस्प्ले राखिएको छ । जसले ९० हर्ज देखि १२० हर्जसम्मको रिफ्रेश रेटमा डाइनामिक किसिमले व्यवस्थापन गर्दछ ।

फोनको पछाडि भागमा ५० मेगापिक्सेलको मेन क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा दिइएको छ । त्यसैगरी फोनको अगाडितर्फ डिस्प्लेको माथि बीचतिर १६ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

वनप्लस १० प्रो अधिकतम ८० वाट फास्ट चार्जिङमा सीमित रहेकोमा वनप्लस टेनटीमा भने १५० वाटको फास्ट चार्जिङ पाउन सकिन्छ । जुन यसअघि वनप्लस टेन आर र बीबीके इलेक्ट्रोनिक्सको रियलमी ब्रान्डको फोन जीटी नियो थ्रीमा देखिएको थियो ।

युवा पुस्तालाई मध्यनजर गर्दै ल्याइएको यो फोनमा ४८०० एमएएच क्षमताको ब्याट्री छ, जसमा १५० वाटको फास्ट चार्जिङबाट १९ मिनेटमै फुल चार्ज हुने कम्पनीको दाबी छ । वनप्लस टेन टीमा क्वालकमको स्न्यापड्रागन ८ प्लस जेन वान चिपसेट राखिएको छ । जुन ब्याकग्राउन्डमा ३५ ओटा एप्लिकेसन सञ्चालनका लागि पर्याप्त हुने कम्पनीले जनाएको छ ।

उक्त फोन अक्सिजन ओएस १२.१ सहित बजारमा आउनेछ । जुन गत वर्ष आएको एन्ड्रोइड १२ मा आधारित रहेको छ । जसले तीन ओटा मुख्य एन्ड्रोइड अपडेट र चार वर्षको सेक्युरिटी अपडेट प्राप्त गर्नेछ ।

यस्तै, मोबाइलमा धेरैभन्दा धेरै एप्लिकेसन राख्न सकिन्छ ।फोनसँगै वनप्लसले ८० वाटको कार चार्जर समेत सार्वजनिक गरेको छ, जसबाट वन प्लस टेन टी २९ मिनेटमै फुल चार्ज हुने बताइएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal