आज :

हवाई भाडा घट्यो, कुन ठाउँमा कति पुग्याे ?

  • अनलाइन डबली

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै आन्तरिक तर्फको हवाई भाडा घटाइएकाे छ । एयरलाइन्स कम्पनीहरूको संस्था वायु सेवा सञ्चालक संघले सोमबारबाट लागु हुने गरी नयाँ मूल्य समायोजना भएको छ ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा नेपाल आयल निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य २० रुपैयाँ घटाएको थियो ।

यससँगै, यसअघि प्रतिलिटर १९० रुपैयाँ रहेको हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ । हवाई इन्धनको मूल्य घटेसँगै नियमित र चार्टडतर्फको हवाई मूल्य घटेको संघले जनाएको छ ।

संघका अनुसार काठमाडौँ–धनगढीको हवाई भाडा ८८५ रुपैयाँले घटेको छ । यस्तै, काठमाडौँ–नेपालगन्जको भाडा ६५५ रुपैयाँ घटेको छ भने काठमाडौँ–भद्रपुरको भाडा ६०० रुपैयाँले घटेको छ । यसैगरी, काठमाडौँ–सुर्खेतको भाडा ६९० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal