आज :

भारतको गुजरातबाट ६६ जना यात्रु बाेकेर कैलाली आउँदै गरेको बस दुर्घना हुँदा तीन नेपालीको मृत्यु

  • अनलाइन डबली

धनगढी । भारतको गुजरातबाट ६६ यात्रु बोकेर कैलाली आउँदै गरेको बस दुर्घटना भएको हुँदा तीन नेपालीको मृत्यु भएको छ । गएराति भारतको लखनउ नजिकै दुर्घटनामा अन्य एक जनाको पनि ज्यान गएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले संचारमाध्यमहरुलाई दिएको जानकारी अनुसार दुर्घटनामा परी बस चालकको पनि मृत्यु भएको छ ।

कैलाली प्रहरीका अनुसार ममृत्यु हुनेमा टीकापुर नगरपालिका ज्योतिनगरका ४० वर्षीय ललित साउद र व्यवसाय क्षेत्र बस्ने ४५ वर्षीय चन्द्र साउद रहेको र १ जना महिलाको सनाखत हुन सकेको छैन ।

त्यसैगरी दुर्घटनामा परी अन्य १४ जना घाइते भएका छन् । जसमध्ये ३ जना गम्भीर छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

भारतीय प्रहरीलाई उदृत गर्दै नेपाल प्रहरीले दुईवटा बसले ठक्कर दिएको बताइएको छ । भारतको गुजरात, सुरतलगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal