
काठमाडौं । मलेसियामा बन्धक बनेका नेपालीको उद्धारका लागि आवश्यक सबै पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देश दिनु भएको छ ।
प्रधानमन्त्री दाहालले मुख्यसचिवमार्फत आज सोमबार सम्बन्धित निकायलाई निर्देशन दिनु भएको हो ।
वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएकाहरुको अवस्था बुझ्न तथा निजहरुको उद्धारकालागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहल समेत थालेको छ।