आज :

२१ वित्तीय संस्था गाभिएर देशकै ठूलो बैंक बन्यो ग्लोबल आईएमई, बैंकको संख्या १८ मा झर्दै

  • अनलाइन डबली

काठमाडौं । बैंक अफ काठमाडौं मर्ज भएपछि ग्लोबल आइएमई बैंक देशकै ठूलो बैक बनेको छ । नेपालमा बैंकको संख्या २७ सम्म पुगेको थियो तर पछिल्लो समय नेपाल राष्ट्र बैंकको निर्णय र आर्थिक क्षेत्रमा चुनौति बढेसँगै बैंकको संख्या घट्दै गएको हो ।

नेपाल राष्ट्र बैंकको पहलपछि वाणिज्य बैंकहरुको संख्या १८ वटामा झर्ने देखिएको छ। २७ बाट २१ मा झरेको वाणिज्य बैंकहरुको संख्या लक्ष्मी र सनराइज बैंक गाभिएपछि २० मा आउँदैछ।

आज (सोमबार) बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले एकिकृत कारोबार गर्दैछन् ।

त्यस्तै प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले भोलि (मंगलबार) एकिकृत कारोबार गर्ने घोषणा गरिसकेका छन् । आगामी पुस २७ गते नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकिकृत कारोबार गर्दै छन् । एक साता अगाडी मात्रै कुमारी बैंक र एनसिसी बैंकले मर्जर पश्चात एकिकृत कारोबार गरेका थिए ।

पुस महिनामा मात्रै चार वटा मर्जर सफल भएको छ । पुस २७ पछि नेपालमा बाणिज्य बैंकको संख्या २२ वटामा झर्नेछ । सिभिल र हिमालयनको मर्जर पछि भने बाणिज्य बैंकको संख्या २१ मा झर्नेछ । पछिल्लो समय लक्ष्मी बैंक र सनराइज बैंक मर्जर हुँदै छन् । त्यसपश्चात बैंकको संख्या २० वटामा झर्नेछ ।

यसबाहेक पनि राष्ट्र बैंकले अन्य चार संस्थालाई मर्जरको ताकेता गरिरहेको छ। यसले गर्दा संख्या १८ मा झर्ने देखिएको हो।

देशको ठूलो वाणिज्य बैंक ग्लोबल आईएमई बन्नुअघि दुई वाणिज्य बैंक सहित २१ बैंक तथा वित्तीय संस्थाको अस्तित्व यसले आफूमा समाहित गरेको छ । ग्लोबल आईएमई बैंक र कमर्स एण्ड ट्रष्ट बैंक यसमा गाभिए ।

गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक यसमा मिसिएका छन् ।

यस्तै, ड्राइ डेभलपमेन्ट, ब्राइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंक पनि ग्लोबलमा मिलेका छन् ।आईएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल आवास फाइनान्स पनि ग्लोबलमा अटाएका छन् ।

विभिन्न बैंक तथा वित्तीय संस्थाको मर्जपछि हाल २१ वटा संस्थासँग मर्जर गर्न सफल भएको छ ।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौं जिल्ला वडा नं. २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ । एकिकृत कारोबार अगाडी ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ थियो भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ थियो ।आजबाट बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड पुग्नेछ ।

बैंकको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप तीन खर्ब ८० अर्ब ५२ करोड र कर्जा तीन खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ । मर्जरपश्चात् बैंकको शाखा सञ्जाल तीन सय ६५ र एटिएम तीन सय २८ पुग्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal