आज :

प्रधानमन्त्रीको निर्देशनमा घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब भाडा घट्ने

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि पेट्राेलियम पदार्थकाे मूल्य घटेको छ ।  नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे ।

निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँका दरले घटाएकाे छ । यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमश: २० र ३० रुपैयाँले घटाएको निगमले जनाएकाे छ ।

अब नयाँ मूल्यसूची अनुसार पेट्राेल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएकाे छ भने डिजल र मट्टीतेल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएकाे छ ।

हवाई यातायातको भाडा चर्को भइरहेको बेला सरकारले आन्तरिक र बाह्य मूल्य घटेकोसँगै नागरिकलाई राहत मिल्ने भएको छ । अब नयाँ मूल्य अनुसार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर एक हजार चार सय २० डलर कायम भएको छ ।

भारतबाट बढेर आएपनि खाना पकाउने एलपी ग्यासको मूल्य भने बढइएको छैन ।

अन्तर्राष्ट्रिय बजारमा पेट्राेलियम पदार्थकाे मूल्य घटेपनि नेपालमा समायोजना नगरेको भन्दै विरोध भइरहेको बेला प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal