 
	
काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) काे निर्देशन पछि निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएकाे हाे।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ। निगमले खाना पकाउने ग्यासमा उच्च घाटा बेहोर्नु परेको कारण मुल्य एथावत राख्नु परेको जनाएको छ ।
त्यसैगरि, हवाई इन्धनमा भने प्रतिलिटर आन्तरिकतर्फ २० र अन्तर्राष्ट्रियतर्फ ३० रुपैयाँ घटेकाे छ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली


