आज :

सेयर बजारमा एकैदिन झण्डै २१ अंकको वृद्धि, ५ अर्ब माथिको सेयर कारोबार

  • पवित्रा दाहाल

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार झण्डै २१ अंकको वृद्धि भएको छ । नयाँ सरकार बनेसँगै निरन्तर बढिरहेको सेयर बजारमा आइतबार पनि उछाल देखिएको हो ।

तीव्र उतारचढावबीच साताको पहिलो दिन दोहोरो अंकले बढेको बजारमा साढे ५ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

आइतबार २०.५५ अंकले बढेर नप्से परिसूचक २१ सय ६४.४८ को बिन्दुमा पुगेको छ । आइतबार २५९ कम्पनीको एक करोड ४१ लाख ९८७८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ४५ करोड ९९ लाख २५ रुपयाँ पुगेको छ । आइतबार १३३ कम्पनीको सेयर मूल्य बढ्यो भने ७१ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४५.५० रुपैयाँ पुगेको छ भने बाराही हाइड्रोपावर १० प्रतिशतले बढेर प्रतिकित्ता २५८।५० रुपैयाँ पुगेको छ । यसका साथै तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

खप्तड लघुवित्त र बाराही हाइड्रा पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा झण्डै आधा दर्जन कम्पनीको सेयर मूल्य ८ देखि ९ प्रतिशत हाराहारीले वृद्धि भयो ।

आइतबार दोस्रो बजारमा सबै भन्दा धेरै २१ करोड रुपैयाँ भन्दा बढीको हिमालयन डिष्टिलरीको सेयर कारोबार भयो । यस्तै १९ करोड ६८ लाख रुपैयाँ बराबरको शिवम् सिमेन्टको सेयर खरिद बिक्री हुँदा राधी पावरको १५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो ।

आज बुद्धभुमी नेपाल हाइड्रोपावर, वीन नेपाल लघुवित्त वित्तीय संस्था र सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज २१ करोड २९ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal