आज :

विश्वको आर्थिक वृद्धि संकुचित हुँदैछ, आर्थिकमन्दीको असरबाट जोगिनु नै नेपालका लागि उपलब्धि : गभर्नर

  • अनलाइन डबली

काठमाडौं । विश्वको आर्थिक वृद्धि संकुचित बन्दै गएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रको मन्दी र शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने बताएका छन् ।

सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि संकुचित भएको भन्दै उनले सन् २०२३ मा झनै संकुचन आउने प्रक्षेपण रहेको बताए ।उनले विश्वभरमै पर्नसक्ने आर्थिकमन्दीको असरबाट जोगिनु नै नेपालका लागि उपलब्धिपूर्ण हुने बताए ।

बैक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै अधिकारीले संसार मन्दीको वातावरणमा गएको बताए ।‘त्यसको बाछिटा नेपालमा पनि परेको छ । निर्माण व्यवसायमा शिथिलताले अरू विषयमा छुँदै गएको छ’ उनले भने ।

मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने उनको भनाइ छ । यस्तो असरलाई नेपालमा पर्न नदिनु नै यो वर्षका लागि ठूलो चुनौती हुने उनले बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal