आज :

श्रीलंकालाई हराउँदै टी-२० श्रृङ्खला भारतले जित्यो, तेस्रो खेल आइतवार

  • अनलाइन डबली

काठमाडौँं । श्रीलंकालाई हराउँदै तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ । गएराति राजकोटमा भएको तेस्रो तथा निर्णायक टी–२० खेलमा श्रीलङ्कालाई ९१ रनले हराउँदै भारतले शृङ्खला २–१ ले जितेको हो । जितको लागि २ सय २९ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १६ ओभर ४ बलमा १ सय ३७ रनमा अलआउट भयो ।

श्रीलङ्काका ओपनर कुशल मेन्डिस र कप्तान दासुन शानकाले समान २३ रन बनाए । धनञ्जय डि सिल्भा २२ र चरिथ असलङ्का १९ रनमा आउट भए । श्रीलङ्काका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका अर्शदीप सिंहले ३ तथा हार्दिक पान्ड्या, उमरान मलिक, युजभेन्द्र चहलले समान २ विकेट लिए । अक्षर पटेलले एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २८ रन बनाएको थियो । भारतका सूर्यकुमार यादव १ सय १२ रनमा अविजित रहे ।

शुभमन गिलले ४६ र राहुल त्रिपाठीले ३५ रन बनाए । श्रीलङ्का दिलशान मदुशनकाले २ तथा वानिन्दु हसरंगा, कसुन रजिथा र चामिका करुणारत्नेले समान १ विकेट लिए । भारत पहिलो खेलमा दुई विकेटले विजयी हुँदा दोस्रो खेलमा श्रीलङ्का १६ रनले विजयी भएको थियो । भारत र श्रीलङ्काबीच अब तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ । पहिलो खेल मङ्गलवार, दोस्रो खेल बिहीवार र तेस्रो खेल आइतवार हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal