आज :

ग्लोबल आइएमई र बैंक अफ काठमाडुबीच भोलिबाट एकीकृत कारोबार 

  • अनलाइन डबली

काठमाडौं । ग्लोबल आईएमइ बैंक र बैंक अफ काठमाण्डुबीच भोलिबाट एकीकृत कारोबार हुँदैछ । मर्जर सम्बन्धमा नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भएपछि भोलिबाट दुबै बैंक एकीकृत वित्तिय कारोबार गर्न तयार भएका हुन् ।

भोलिबाट ग्लोवल आइएमइ बैंक लिमिटेडको नामबाट कारोबार शुरु हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) समक्ष शेयर कारोबार रोक्का राख्न अनुरोध समेत गरिएको छ ।

साथै नेपाल धितोपत्र बोर्डंबाट जारी धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन बमोजिम लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लािग दुवै संस्थाको एकीकृत वित्तीय कारोबार सुरु हुने मिति पुस २५ गतेदेखि १५ दिनको लागि शेयर कारोबार रोक्का गर्ने संचालक समितिको पुस २० गते बसेको बैठकले निर्णय गरेको गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal