आज :

आइतबारदेखि श्रम स्वीकृतिको लागि काठमाडौँ आउनु नपर्ने, सातै प्रदेशबाट सेवा

  • अनलाइन डबली

काठमाडौं । अब श्रम स्वीकृतिको लागि काठमाडौँ नै आउनु नपर्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटै प्रदेशबाट श्रम स्वीकृत प्रदान गर्ने तयारी थालेको छ ।

मन्त्रालयका अनुसार श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदानको काम सुरु हुने भएको छ ।

यसअघि यहाँबाट पुनः श्रम स्वीकृतिको काम मात्रै हुँदै आएको थियो । त्यस्तै, वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवल, श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालेको छ ।

आइतबारदेखि विराटनगर र जनकपुरबाट श्रम स्वीकृतिको काम सुरु भएसँगै यो सेवा सातै प्रदेशमा पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal