
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न निर्देशन दिएका छन् । प्रचण्डले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका थिए । नेपाल आयल निगमका अध्यक्ष समेत रहेका आपूर्ति सचिवलाई बोलाएर प्रधानमन्त्रीले निर्देशन दिए ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी पनि समालेका प्रचण्डले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा पनि आयल निगमनले नघाउदा उपभोक्ता मर्कामा परेको भन्दै गुनासो बढिरहेको बेला यस्तो निर्देशन दिएका छन् ।
निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि यातायातको भाडासँगै महंगी घट्ने अपेक्षा गरिएको छ ।
निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा ९९ करोड रुपैयाँ नाफा हुने देखिएको छ ।
निगमले १८ अर्ब रुपैयाँ बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार भएको छैन ।