काठमाडौं । युक्रेनी फौजलाई तालिम दिन आएका विदेशी सेना बसेको एक पाँच तारे होटलमा रुसी सेनाले मिसाइल हमला गरेको छ । युक्रेनको राजधानी किभमा रहेको अल्फाभिटो नामको पाँच तारे होटलमा रुसी सेनाले हमला गरेको हो ।
त्यहाँ अमेरिका र युकेबाट आएका सैन्य अधिकारी बसिरहेको बताइएको छ । त्यस्तै, केही विदेशी गुप्चार अधिकारीहरु त्यही होटलमा बसेर रुसविरुद्ध भइरहेको हमलाको योजना बनाइरहेका थिए ।
युक्रेनले पूर्वी डोनेस्ट्क र म्याकिइभमा गरिएको हमलामा सयौं रुसी सैनिकको मृत्यु भएको दाबी गरिरहेको बेला राजधानी किभमा ठूलो हमला भएको हो । यी हमलामा आफ्न ८९ सैनिकको ज्यान गएको रुसले स्वीकार गरेको छ । यो युक्रेनले हालसम्मकै ठूलो सफलता मानेको छ ।
त्यसैगरी सो क्षेत्र आसपास युक्रेनी फौजमाथि गरिएको हमलामा १३० युक्रेनी सैनिकको ज्यान गएको रुसले दाबी गरेको छ । रुस सेनाले अमेरिकाले दिएका दुईवटा हाईमार्स मिसाइल सिस्टम ध्वस्त बनाइदिएको दाबी गरेको छ ।
भारतीय रक्षविज्ञ जिडी बख्शीले युद्धमा दुबै तर्फको क्षति हुने भएपनि रणनीतिम रुपमा युक्रेन पराजित हुँदै गएको बताउँछन् । उनले युक्रेनको कुनै पनि भूभाग सुरक्षित नरहेको बताए । राजधानीमा विदेशी सैन्य अधिकारी बसेको ठाउँमा समेत हमला हुन थालेपछि अब कुनै पनि स्थान सुरक्षित नरहेको जिडी बताउँछन् ।
युद्धमा भएको क्षतिबारे पश्चिमा मिडियाले अतिरञ्जनायुक्त तरिकाले प्रचार गरेको बताउँछन् । पश्चिमा मिडियाहरुले युक्रेनको क्षति लुकाउने र रुसको झुट प्रचार गर्दै आएको बताउँदै उनले त्यसले यो युद्धमा खासै फरक नपर्ने दाबी गरे ।