आज :

३ बजे चालु पूँजी कर्जासम्बन्धी व्यवस्थाबारे सम्बोधन गर्दै राष्ट्र बैंक

  • अनलाइन डबली

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार चालु पूँजी कर्जासम्बन्धी व्यवस्थाबारे सम्बोधन गर्ने भएको छ ।

बैंकले अपरान्ह  ३ बजे आकस्मिक पत्रकार सम्मेलन गर्न लागेको छ । राष्ट्र बैंकले चालु पूँजी कर्जा सम्बन्धी व्यवस्थामा सहजीकरण गर्नेबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागेको हो ।

आज नै प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन र बैंकको ब्याजदर घटाउने सम्बन्धमा छलफल भएको थियो ।

लामो समयदेखि उद्योगी व्यवसायीले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनबारे विरोध जनाउँदै आएका छन् । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा कुल कारोबारको २५ प्रतिशतसम्म उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण पाउने व्यवस्था छ । जुन व्यवस्थाका कारण आफूहरु ऋण पाउनबाट वञ्चित भएको भन्दै व्यवसायीले विरोध गर्दै आएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal