आज :

लुम्बिनी अल स्टार नेपाल टी–ट्वान्टी लिगको क्वालिफायरमा प्रवेश

  • अनलाइन डबली

काठमाडौँ । लुम्बिनी अल स्टार्स पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको क्वालिफायसरमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) लुम्बिनीले काठमाडौं नाइट्सलाई १०२ रनले हराएको हो । १७ ओभरमा घटाइएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५ ओभर ४ बलमा अलआउट भएर ८१ रन बनायो ।

लुम्बिनी अलस्टार्स ९ खेलमा ८ जित सहित १६ अंकसहित शिर्ष स्थानमा रहेको छ । यस जितसँगै लुम्बिनीले शीर्ष २ मा रहँदै क्वालिफायर्स खेल्ने पक्का भएको हो ।

लुम्बिनीका ओपनर हर्मित सिंहले सर्वाधिक ७० रन बनाए। उनले ३६ बलमा २ चौका र ८ छक्का प्रहार गरे। अर्का ओपनर लहिरु मिलन्थाले २६ रन बनाए ।

गुल्सन झाले ११ बलमा २१ रन बनाउँदै अनिल खरेलबाट बोल्ड भए । कुशल भुर्तेल अभिनाश बोहराको बलमा सुनम गौतमबाट क्याच भए । ह्यारी टेक्टरले ८ बलमा १७ रन बनाए । विपुल शर्मा ५ र अनिल शाह १६ रनमा अविजित रहे ।

काठमाडौंका लागि अभिनाश बोहराले सर्वाधिक ३ विकेट लिए । वसिर अहमदले २ र अनिल खरेलले १ विकेट लिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal