आज :

प्रभु बैंकले रेड पान्डालाई एक वर्षको लागि आहारा उपलब्ध गराउने

  • अनलाइन डबली

काठमाडौँ । प्रभु बैंक लिमिटेडले रेड पान्डालाई एक बर्षसम्म आहारा उपलब्ध गराउने भएको छ । बैंक र राष्ट्रिय प्रकृति संरक्षण कोषबीच सदर चिडियाखानामा रहेका रेड पान्डालाई एक बर्षसम्म आहारा उपलब्ध गराउने सम्झौता भएको छ ।

प्रभु बैंक लिमिटेडको बबरमहलस्थित प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख रचना शाहले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषद्वारा सञ्चालित सदर चिडियाखानामा रहेका दुईवटा रेड पान्डाका लागि प्रभु बैंक लिमिटेडले एक वर्षसम्म आहारा उपलब्ध गराउने सम्झौता व्यवस्था गरिएको छ ।

सदर चिडियाखानाद्वारा सञ्चालित Adopt An Animal अभियान अन्तर्गत गरिएको यस सम्झौताबाट रातो हाब्रे जस्तो लोपोन्मुख वन्यजन्तुको संरक्षणको क्षेत्रमा विशेष योगदान पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

साथै, मुलुकले लिएको दिगो विकास लक्ष्यहरु २०३० को प्राप्तिको निमित्त पनि बैंकको उक्त कार्यबाट टेवा पुग्नेछ भन्ने विश्वास लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal