आज :

नक्कली भ्याट बिल बनाएर ठगी गर्ने गिरोहको खोजीमा राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग

  • अनलाइन डबली

काठमाडौं । नक्कली भ्याट विल बनाएर ठगी गर्ने गिरोहको खोजीमा राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग लागेका छन् ।

नक्कली बिलबिजक तयार गरेर समग्र राजस्व प्रणालीको शृङ्खलामै ठगी गर्ने गिरोह पहिचान गर्नका लागि अब दुई वटै विभाग मिलेर काम गर्ने भएका हुन्।राजश्व ठगी गर्ने यस्तो गिरोहको गहिराइमा नै पुग्ने र ठगीको शृङ्खला तोड्ने गरी योजना बनाउँदै गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार हालसम्म विभागले तयार गरेका नक्कली भ्याट विलसँग सम्बन्धित मुद्दाहरूका सबै फाइलहरू आन्तरिक राजस्व विभागले मागेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा नक्कली भ्याट बनाएर ठगी गर्ने ५३ फर्मका विरुद्ध राजस्व अनुसन्धान विभागमा उजुरी परेकोमा ४१ वटा फर्मलाई मुद्दा दायर गरिएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ११७ वटा फर्म विरुद्ध उजुरी परेको थियो भने ३८ वटा फर्मका विरुद्ध मुद्दा दायर भएको विभागले जनाएको छ । त्यसै गरी गत आर्थिक वर्ष २०७८/७९मा ७९ फर्मका विरुद्ध उजुरी परेकोमा ४४ वटा फर्मका विरुद्ध मुद्दा दायर भएका थिए ।

गरिब र अशिक्षित परिवारका सदस्यका नाममा फर्म दर्ता गराउने अनि त्यसका नाममा बिल छपाएर जसलाई जस्तो सामानको भ्याट बिल चाहिन्छ त्यस्तै बिल बनाएर दिने र अर्बौँ राजस्व छली गर्ने काम भइरहेको विभागको छानबिनले पत्ता लगाएको थियो ।

नक्कली बिलबिजक बनाएर ठुलो परिमाणमा मूल्य अभिवृद्धि कर (भ्याट) छली भएको प्रकरणले करिब १० वर्षअघि राजस्व क्षेत्रमा हलचल सिर्जना गरेको थियो । आन्तरिक राजस्व विभागले करिब एक वर्ष लगाएर गरेको अनुसन्धानले झुट्टा एवं नक्कली भ्याट बिजक बनाई करिब १२० कम्पनीले ६ अर्ब रुपैयाँभन्दा बढीको कर छली गरेका तथ्य सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal