आज :

चम्पावती हाइड्रोले माग्यो क्षतिपूर्ति, आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न माग

  • अनलाइन डबली

काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडले गोरखाको सिरान्चोक गाउँपालिका र लम्जुङको राइनास गाउँपालिकाको सिमानामा बनाइरहेको चेपे ‘ए’ जलविद्युत परियोजनामा गलत हल्लाको भरमा आगजनी र तोडफोड भएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । आयोजनाले क्षतिपूर्ति र सुरक्षाको प्रत्याभूतिको माग समेत गरेको छ ।

चम्पावती हाइड्रोपावर लिमिटेडले बनाइरहेको ७ मेगावाट चेपे ए जलविद्युत परियोजनामा गत मंसिर २४ गते आगजनी र तोडफोड भएको थियो ।

तोडफोड र आगजनीबाट ३ करोड ४० लाख जतिको प्रत्यक्ष भौतिक क्षति भएको लिमिटेडको दाबी छ । अप्रत्यक्ष रुपमा लागत बढ्न जाँदा र उत्पादनमा हुने ढिलाइका कारण आम्दानीमा पर्ने प्रभावले झण्डै थप ३० करोड क्षति हुने अनुमान आयोजना गरेको छ ।

यो परियोजना स्वदेश तथा विदेशमा रहेका नेपाली इन्जिनियरहरु सहितको लगानीमा निर्माण भइरहेको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चम्पावती हाइड्रोपावर लिमिटेडका बोर्ड डाइरेक्टर रामेश्वर लामिछानेले नहरको इन्टेकभन्दा २०० मिटर तल पानी खसाल्न लागिएको भन्ने गलत हल्लाको भरमा आयोजनाको विद्युत गृह निर्माणस्थल र साइट अफिसमा आक्रमण भएको बताए । यसमा स्थानीय जनप्रतिनिधि र स्थानीय दलका कार्यकर्ताको प्रत्यक्ष संलग्नता रहेको आरोप उनले लगाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal