आज :

युक्रेनमा रुसी सेनाको जवाफी हमलाः राजधानी किभमा एकैपटक दर्जनाैं क्षेप्यास्त्र बर्सिए

  • अनलाइन डबली

काठमाडौं । रुसले युक्रेनले पूर्वी क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणको जवाफी हमला गरेको छ । सोमबार युक्रेनले डोनेस्क क्षेत्रमा अमेरिकाले दिएको हाईमार्स मिसाइलबाट आक्रमण गरेको थियो ।

स्थानीय अधिकारीहरुले हमलाबाट आबासीय क्षेत्रमा भएको र ४३ जनाको ज्यान गएको बताएका छन् । माईकोलाईभको एक प्राविधिक विद्यालयमा अस्थायी रुपमा बसेको रुसी सैन्य टुकडीलाई लक्षित गरेर युक्रेनले हमला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

रुसी सेनाले उक्त हमलाको जवाफस्वरुप युक्रेनको राजधानी किभमा ड्रोन तथा क्षेप्यास्त्र हमला गरेको छ । एकै पटक दर्जनाै‌ं हमला भएको युक्रेनी अधिकारीहरुले स्वीकार गरेका छन् ।

रुसी सेनाले राजधानी किभमा केही हप्तापछि मात्रै यो स्तरको हमला गरेको छ । हमला प्रशासनिक र सैन्य क्षेत्रमा गरिएको बताइएको छ । युक्रेनको कति क्षति भयो भन्ने स्वतन्त्र रुपमा पुष्टी हुन सक्दैन । उसले दिने सूचना नै अहिलेसम्म संचारमाध्यमहरुले समाचारमा उल्लेख गर्ने गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal