नेपालको आन्दोलनवाट कृषि क्षेत्रमा ठूलो प्रभाव पारेको छ । आन्दोलनमा किसानको माग उठान गरी आन्दोलन गर्ने किसानलाई विद्रोहमा लगाउने वा किसान विद्रोहबाट आन्दोन उठान गछु भनी किसानलाई लिने सत्ता र कुर्सीमा पुगेपछि ती मजदुर किसानमा समास्य बिर्सने पुरोनो सत्तासँग साठगाँठ गरी ती आन्दोलनका व्यक्तिलाई नै पीडित वनाउने गरेको पाइन्छ । यसले नेपाली आन्दोलन निश्चित वर्गको नभएर एकपछि अर्काे आन्दोलन जन्मने गरेका उदाहरणहरु छन् । यसमा पनि नेपाली आन्दोलन कुन वर्गको लागि कसरी गर्ने भनी आजसम्म योजना बनाएर गरिएको पाइँदैन । जसमा आन्दोलनको सुरुवातमा वर्ग विश्लेषण हुन्छ । आन्दोलन टुङ्गीने बेलामा दलालसँग सम्झौता हुन्छ र ती वर्गलाई छोड्ने काम हुन्छ । दलालसँग साँठगाँठ गरी टुगीन्छ । नयाँ खालका शोषक वर्गको जन्म हुन पुग्छ । आन्दोलनमा सहकार्य गर्न एक वर्ग शोषक अर्काे वर्ग शाषित हुन पुग्छ । यसले फेरी प्रतिविद्धोहको रुप लिन पुग्छ । यो नेपालको एउटा रोग वन्न पुगेको छ । जुन आजसम्म पनि देखिएको छ । राणा शासनदेखि पञ्यतीव्यवस्थाको आन्दोल १० वर्षको जनयुद्ध सम्म आउदा यो रोग दोहारिएको पाएको छ । यसमा एउटा भनेर अर्काे सम्झौतामा टुटिने गरेका छन् ।
जनयुद्धपछि सामान्त वर्गको अन्त्य भए पनि दलाल पुँजीवादी व्यवसथाको विकाश हुँदा आज नेपाली किसान वा मजदुरले ठूलो संकट खेप्नु परेको छ । हिजो समान्तवादी अवस्थामा जमिन्दार र दासको बीचमा अन्तरसंघर्षले चुलिएको किसान वा दासयुगमा दास र मालिकबीच अन्तरसंघर्ष पीडित किसान आज गणतन्त्रको नाममा उदाय भएको दलाल संसदीय व्यवस्थामा भूमाफिया र साना किसान बीचको अन्तरसंघर्ष चुलिएको छ । जुन संघीय गणतन्त्रको नाममा दलाल पुँजीवादी हावी भएको छ । स्वादेशी कलकाखाना बन्द अवस्था छन् स्वदेशी उत्पादनले बजार पाउदैनन् । विदेशी हस्ताक्षेप ह्वात्त बढ्न गएको छ । दलाल विचौलीया नाफा कामउन विदेशी उत्पादन भित्राउने स्वादेशी उत्पादन नष्ट गर्नुपर्ने अवस्था छ । यसको संरक्षण दलाल संसदीय व्यवस्स्थाले गरेको पाइन्छ । २००७ सालदेखि संगठीत किसान आन्दोलन अधुरो रहेको पाइएको छ । दलाल पुँजीवादी व्यवस्थामा नाफा कमाउने बिचौलिया वर्गको हावी भएको छ । उत्पादन र उपभोक्ताको सम्वन्ध टाढा बिचौलिया र उपभोक्तको सम्वन्ध गाढा हुन पुगेको छ । यसमा सरकारबाट प्रतिनिधित्व गर्ने दलाल संसदीय वर्ग प्रतक्ष अप्रक्ष संलग्न भएको पाइएको छ ।
यसले नेपाली किसानले समयमा उत्पदनको कच्चा पर्दाथ नपाउने उत्पादन वस्तुको बजार कृतिम अभाव गराउने र विचौलियाले काम नगरिकन नाफा खाने गरेको पाइएको छ । अर्काे कुरा बजार मल्यको जिम्मा त्यही विचौलियालाई दिँदा नेपाली किसानको कृषि पेशा धराहयमा परेको छ । भने नेपालमा उत्पादन समान भन्दा विदेशी सामानले प्रसय पाउने नेपाली उत्पादन बजार नपाउनेजस्ता समस्या देखा परेका छन् । विदेशी समाराज्यवादीको हावी बढेको छ भने खुल्ला बजार अन्तरगत प्रतिस्पर्दा बजारको नाममा सामराज्य हैकम जमाउन पुगेका छन् । एनजिओ आईएनजिओ खडा गरी aजार कव्जामा लाग्ने आफ्नो उत्पादन भित्राएर परनिर्भर वनाउने कृषिमा अनुदानको नाममा नेपालीलाई ऋणकाे भारी बाेकाउने काम गरिएको पाएको छ । एकातिर कृषि वजार अभाव छ भने अर्काेतिर उत्पादन बस्तुको बजार विचौलियाको हातमा छ ।
त्यस्तै गरी कृषकले उत्पादन गर्ने जमिन छैन भने जमिन भुमाफियमको हातमा छ । भुमाफियको जमिन लिज, ठेक्का, साझे, महगोमा भाडामा लिनुपर्ने वाध्यता छ । उत्पादन गर्ने किसानलाई आज जमिन मात्र भएर नपुग्ने अवस्था छ । त्यो उत्पादन गर्न मल, बिउ, सिँचाई, बिड, प्रविधि सेवा, जोत्नलाई मेसिन, खोर, गोठ निमार्ण गर्न ओजारदेखिआधुनिक प्रकारको आवश्यक पर्छ । त्यो जुटाउन किसानले चक्रवृत्ति व्याज, मिटर व्याज, बैंक, सहकारी संस्थाबाट चर्काे व्याजमा लिएर काम गर्नु पर्ने अवस्था छ । राज्यले छुटाएको अनुदान निश्चित मुठीभरका दलाल, उद्योगी राज्य सञ्चालनका व्याक्तिले पाउने गरेका छन् । त्यही अनुदानबाट किसानलाई महंगोमा व्याज असुली सहकारी बैंक सञ्चालन गरेका छन् । किसानको प्रकृतिक क्षेति वा रोगको क्षेतिपुर्ति दिने नीति निर्माणको वाहानामा अलमलाएको पाइन्छ । प्रकृति विपत कृषि खडा भएको छैन । किसानको उत्पादन नष्ट गर्ने क्षेतिपुर्तिको व्यावस्था नहुदा किसान व्यवासयी छोड्न वाध्य भएको छ । यस्तो अवस्थामा नेपाली किसान ३ भागमा वर्गिकृत भएका छन ।
१. जीवीको पार्जन किसान
२. व्यावासायीक किसान
३. कगजी (फर्जी ठग) किसान
१ जीवीको पार्जन किसानः परम्पारादेखि काम गर्दै आएका आफ्नो पेशा कृषि बनाएर पुर्खैली पेशा नछोडेका आफ्नो जिवीकाे गुर्जान परम्परा पुरानो ढङ्गाले स्थानीय उत्पादन गर्दै वा कृषि उत्पादनमा सुरुदेखि काम गर्न नछोडेका किसानलाई जीवीकोपार्जन किसान भनिन्छ । यस्तो किसान पुखौली जमिन सदुपयोग गरी परम्परम तरिकाले हलो, कुटो, कोदालोबाट काम गरी बजारीया मल प्रयोग गर्न छोडेर आफ्नो स्थानीय कम्पोष्ट मल प्रयोग गरी उत्पादन गर्ने गरेको पाइन्छ । यस्तो किसानलाई अर्गानी किसान पनि भनिन्छ । जुन किसानले बजार व्यवसथापनभन्दा आफ्नो जीवन धान्न वा वर्षभरीका लागि जो गर्ने र भकारीमा भण्डार गरी राख्ने नयाँ नपाकुनजेल त्यही प्रयोग गर्ने बजारको भर नपर्ने किसानलाई जीवीकोपार्जन किसान भनिन्छ । यस्ता किसानले गाउँघरको स्थानीय बीउ प्रयोग गरेका हुन्छन भने स्थानीय जडिवुटीबाट रोग नियन्त्र गर्ने पहलमा हुन्छन् ।
यस्ता किसानसँग प्राय आफ्नो जमिन हुन्छ, जमिन नहुनेले ठेक्का साझे, बन्धकमा जमीन लिएर काम गरेको पाइन्छ । यस्ता किसानको उत्पादन बस्तु बजार पठाएर आर्थिक जो गर्ने भन्दा भकारी भण्डारन गर्न लाग्छन् । अन्न बेच्यो भने सह जानेजस्ता परम्परामा विश्वास गर्छन् । किनेर खानेलाई वेशाहा भनी घृणाा गछन् । आफुलाई उत्पादन हुन नसकेको बस्तु ऐचोपैचो, सरसापट गरी गर्जाे टार्ने काम हुन्छ । यस्ता किसानले बजारी समान प्राय प्रयोग गर्दैनन् र आफुलाई आवश्यक पर्ने बस्तु आफुले नै पुर्ति गर्ने खोज्छन् । त्यसैले सम्पूर्ण उत्पादन आफै गर्न खोज्छन । घरको छेउमा २ वटा गाई भैसी, लौनो वर्केनो मासुको लागि नुन तेल खान भनी ५–६ वटा बाख्रा बाेका, २०–२५ वटा कुखुरा, हाँस, परेवा, अन्नको लागि धान, मकै, कोदो फापर घैया, लोरी, आलु, प्याज अन्य तरकारी गुर्यारनमा लगउने घरको छेउमा थौरै मात्रमा सम्पूर्ण एकदुईवोट फलफुल लगाउने यी किसान सम्पूर्ण वस्तु उत्पादन गर्ने किसानमा पर्छन् । यस्ता किसानको सामान थोरै उत्पादन हुने हुँदा बजारमा पुग्दैनन् भने आफुले काम गरेर बर्षभरी खान पनि धाैधाै हुने अवस्थमा हुर्दा यस्ता किसान पलाएन हुने अवस्था छन । यी किसानसँग प्रस्सत जमिन हुँदैन भएको जमीनमा पनि प्रविधी सेवा आधुनिक प्रविधीको दक्षको कमी, सिँचाई अभाव, अर्काको जमिन लिएर काम गर्नुपर्ने बाध्यताजस्ता समस्या हुन्छन् । विभिन्न प्रकृतिक प्रकोपको क्षेतीले उत्पादन घट्ने, प्रकृति क्षेतीका कारण वाली नष्ट हुने त्यो न्ष्ट भए पनि जमिन्दारलाई कुत बुझाउनु पर्ने कारणले यस्ता किसान पलाएन भएकाछन् ।
अर्काे तिर जंगली जनवारले वाली नष्ट गर्नेजस्ता समस्यालले वाली लगाउन छोडेर अन्य पेशा अगल्न वा विदेश पलाएन भएको पाइएको छ । यस्ता किसनलाई संरक्षण गर्ने आज राज्यको दाइत्व हुन आएको छ । जुन जीवीका पाल किसानलाई व्यावसायी किसान बनाएर संरक्षण गर्ने उसको आफूले उपभोग गरेर रहेको कृषि बस्तुको बजार व्यवस्थापन गर्ने एक वडा एक संकलन केन्द्र एक गाउँपालिका न.पा एक स्टोरको व्यावस्थापन गरी सानो मात्रको उत्पादन पनि बजार व्यवस्थापन गर्न आवस्यक छ । किसानले उत्पादनको लागि प्रयोग गरेको जमिनको कुत, साझे, ठेक्का, वन्धक, खारेजी गरी संरक्षण गर्नु पर्ने देखिएको छ ।
२ व्यावसायिक किसानः कृषि पेशालाई आर्यआर्जनको वाटो वनाएका निश्चित ठाउँमा निश्चित कृषि उत्पादन ठुलो स्केलमा व्याक्ति समुह सहकारीको माध्यमवाट वजारलाई केन्द्रित गरेर गर्ने उत्पादनलाई व्यावसायिक उत्पादन भनिन्छ । यस्ता किसान जीवीको पार्जनवाट माथि उठी व्यापसायिक रुपमा काम गरेका पाइन्छ, भने उपभोक्तलाई केन्द्रित वनाएर उत्पादन गर्ने किसान हुनाने यस्ता किसान शहरको छेउछाउमा वा वजार व्यवस्थापन हुने ठाउँमा उत्पादन गर्न चाहन्छन । आफुले उत्पादन गरेको वस्तुको वजार छनोट गर्ने यी किसान देश विदेशमा सम्पर्क समन्य वढाएका हुन्छन । भने आफुले विदेशमा सिकेका सिप स्वदेशमा प्रयोग गरी उत्पादन वढाउन चाहन्छन् । यस्ता किसान नेपालमा न्युनमात्रमा छन भने अहिले विकास हुन क्रम वढेको छ । जुन यस्ता किसानले ठुलो स्केलमा एउटा पेशा मात्र अगालेका हुन्छन् । जुन ठुलो मात्रमा काम गर्न ठुलो लगानी लगाएको पाइएको छ । यी किसानले देशलाई आत्मा निर्भर वनाउने क्रममा अगाडी वढीरहेको पाइन्छ । जुन ठुलो स्केलमा फार्मका रुपमा काम गरेक हुन्छन एक वा त्यो भन्दा वढी समुह सहकारी गठन गरी राज्यको मातहतमा फार्म दर्ता गरी राजस्व कर तिर प्रमाणीत वनेर काम गरेका किसान पर्दछन । जस्तै गाई फार्म, वाख्रा पालन, मौरी पालक, कुखुरा पालक तरकारी उत्पादन, फलफुल खेती आदी किसान पर्दछन् ।
यस्ता किसान उपभोक्ताको माग अनुसार उत्पादन गर्ने आफुले उत्पादन गरेको वस्तु वजारको खोजीमा हुन्छन् । यसले आत्मा निर्भर वनाउन मद्दन गर्न सहयोग गरेको छ भने धेरै उत्पादन गर्न खोजीमा हुन्छन जसको धेरै उत्पादन गर्ने र नाफा कमाउने योजनामा उनीहरको हुन्छ त्यसैकारणले उन्नत जातको उत्पादन गर्ने ठुलो स्केलको उत्पादनले गर्ने हुर्दा आधुनिक उपकरणको प्रयोग गर्न पर्ने देखिनछ । यसलाई राज्यले पु¥यउन नसक्दा काममा अवरोध हुन आएको छ । यस कारणले यस्ता किसानको विकास गर्न आजको आवश्यक देखिएको छ । व्यावसायी किसान विभिन्न कारणले संकटमा पर्ने देखिएको छ । यस्ता किसानलाई उत्पादन गर्न ठुलो स्केलका जमिनको आवश्यक पर्छ भनेको ठाउमा उत्पादन गर्ने जमिन नहुने भएको जमिन पनि दलाल भुमाफियाको कव्जामा हुर्दा मंहगोमा जमीन लिजमा लिनु पर्ने, लागानी गर्र्ने रकम रहुने वैक सहकारीवाट महगोमा ऋण लिएर लगानी गनुपर्ने मिटर व्याज, चक्रवृति व्याज जस्ता तिर्नु पर्ने उत्पादन गरेको वस्तुको ग्यारेन्टी नहुने, समयमा मल, वीउ, संिचाई, प्रविधि सेवा नपाउने जस्ता समस्या देखा परेका छन । यस्ता समस्याले यी किसान पलायन भएका छन । भने व्यवासयीक किसानको नाम वेची ठग किसानले मौलाउने जस्ता देखिएको छ । यसको समाधान गरी यी किसानको जर्गेना गर्ने आजकोआवश्यक देखिएको छ ।
३) ठग तथा कागजी किसानः सत्तादेखि सदनसँग गाउँदेखि सहरसम्म आफ्नो लगानी नभएका कागज देखाएर अरुको लगानीमा अनुदान खानाको लागि बनेका सहकारी, समूह दर्ता गरी नक्कली प्रमाणपत्र बनाउने किसानलाई ठग कागजी किसान भनिन्छ । यस्ता किसान खेतबारीमा नभएर अनुदान बाड्ने अफिस एनजिओ आईएनजिओ अफिसमा हुन्छन् भने राजनीतिक नेताका अघिपछि दौडिरहेका हुन्छन् । यी किसान नीति निर्माण गर्न ठाउँदेखि झोलामा प्रमाणपत्र बनाउने सम्मको सन्जाल फैलिएको हुन्छ । यस्ता किसानका कारण नेपालीले विदेशी ऋण वोक्नु परेको छ भने आत्मानिर्भरबाट परनिर्भरमाम धकेलेको अवस्था छ । यस्ता किसान निति निर्माण गर्ने ठाउँमा र मन्त्री सांसद हुन्छन् । अनुदान बाढ्न अफिसमा उच्च पधिकारीका कर्मचारी नियुक्ती गरेका हुन्छन् । अनुदान खान तल समूह सहकारी खडा गरी झोले कार्यकता तयार पार्ने र त्यही अनुसारको निति निर्माण बनाएर सूचना जाहेर गर्ने अनुदान आफ्नो पोल्टमा हुन्छ । यसमा पनि कृषिको नाम आईएनजिओ भित्राउन सहकारी संस्था खडा गर्ने सहकारी समूहको माध्यममा बाहाना बनाएर सो अनुदान आफ्नो पोल्टमा पोर्ने योजना यी ठग किसानको पाइएको छ ।
निश्चित समय निश्चत मिति १० वर्ष ५ वर्ष लगायतका मिति ठोस गरी यस्ता आयोजना संचालन हुन्छन् । आयोजना सकिएको भोलिपोल्ट अनुदान लिने संस्था पनि गायब हुने वा त्यो कृषि लगानी गर्ने बेचेर दलाल बन्ने गरेको पाइन्छ । यस्ता किसानलाई दलाल पुँजीवादको संरक्षण किसान पनि भनिन्छ । जहाँ एउटा आयोजन सकिनासाथ आर्काे खडा गर्ने र कमाई खाने भाडो बनाउने गरेका छन् । अर्कातिर विश्व वैकको लगानी एउटा झोले किसान उत्पादन गर्न काम भएको छ । यसले कृषिमा आत्मनिर्भर भन्दा परनिर्भर धकेलेकको देख्न सकिन्छ । २०६३ मा प्याक्ट भन्ने विश्व बैंककाे लगानीमा लगभग ४ अर्ब ९८ करोड रकम बिश्व वैक र नेपाल सरकारको स्वामित्वमा लगानी भएको थियो । यसमा २ अर्ब १८ करोड अनुदान बाडेको थियो । यो अअनुदान लिने नेताका आसेपासे तरकारी, पशु पालन किसान बने शालिकराम जमरकट्टेल वंगुरपालक किसान, गंगन थापा बाख्रापालन किसान बने । यो आयोजनना सकिएसँगै ती किसान पनि गायब भए । आज त्यो लगानी गर्ने किसान पाइदैन । त्याे लगानी कहा गयो ? कसैलाइ थाहा छैन । त्यस्को लगतै उच्च पहाडी कृषि व्यावसाय तथा जीविकोपार्जन सुधार आयोजना, २०६८ आषाढ १३ गते देखि २०७४ कातिकसम्म २ अर्व ४७ करोड लगानी भएको देखिएको छ । त्यसैगरी कर्णाली जिल्लालाई लक्ष्ति गरी सुर्खेतमा कृषि क्षेत्र विकास (ASDP) कार्यक्रम सञ्चालनमा अरवै लगनीमा सञ्चालन छ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (FANSEP ) लगभग २ अर्व ५० करोडको लगानीमा ८ ओटा जिल्लामा सञ्चलन छ ।
त्यसैगरी नेपाल लाइस्टक सेक्टर एनोभेसन आयोजना २०७४ फागुन १६ गतदेखि २०८० अषढ १५वाट सम्म सञ्चलनमा छ । यसको कुल लगानी ११५ मिलियन अमेरिकी डलर लगभग नेपाली ६ अर्व लगानी भएको छ । यो आयोजनाले १० लाखदेखि २ करोडसम्म अनुदान वितरण गरेको छ यसमा व्याक्ति समुह सहकारी पर्दछन । जुन २५० सहकारी यो लिइ विरण गरिएको मा केहि रद्द भए पनि अधिकासले लिइ सकेको जानकारी आएको छ । यो अनुदान लिने अधिकाशं राजनीतिक पहुँच भएका सहकारी छन् । कति सहकारीका अध्यक्ष जनप्रतिनिधि, पालिका,नगरपालिका र वडा अध्यक्ष भएका छन् । जुन सत्ताका काँग्रेस, एमाले, माओवादीका अधिकांश कार्यकताले पाएको देखिएको छ । यो अनुदानमा चरम दुरुपयोग भएको आशंका छ भने कार्यलयमा कर्मचारी समान किन्ने बहानामा वा अन्य कारण देखाएर मालामाल हुने क्रम बढेको छ । यसका प्रमुख उमेश दाहाल हुन् । त्यस्तै यो सकिन लाग्दा फेरि ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना १२० मिलियन अमेकिी डलरमा सञ्चालनमा आउँदै छ । यो कृषि,पशु, र जडीवुटी सञ्चालन गर्ने योजनामा आएको छ । यी ठग किसानको लागि मलजल गर्ने विदेशी आयोजनमा पर्छन् । अर्का एनजिओ प्रधानमन्त्री आधुनिकरण, सामुदायमा व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजना, रानीजमरा कुलरिया सिंचाई आयोजना लगायत थुपै अयोजना खडा गरी किसानलाई थाहा नदिई डकुमेन्टको आधारमा अनुदान खान आयोजना पर्दछन् ।
यस्ता आयोजनामा ठग कागजी किसानको वाहुलियता बढ्न गएको छ । आयोजनामा वास्तविक किसानलाई थाहा हुँदैन भए पनि पहुँच र पावर पुग्दैन । कागजपत्र मिलन भनि कार्यालय र राजनितिक दलका मिलेमहत्वमा फालिने गर्छ । यो ठग किसालाई बचाउने आयोजना भित्र पर्छ । यी किसान न त व्यावासयी हुन्छ नत जीवीको पार्जन व्यावासयी जुन वास्तविक किसानलाई यसको जनाकारी लिने फुसद हुँदैन । यस्तो थाहा पाउने भनेका सत्ताका अगाडी पछाडी लाग्ने ठगी खाने कागज वनाउन माइरले मात्र यस्ता पाउछन । उनीहरुले कर्मचारीलाई २–४ लाख खर्च गर्न सक्र्छन । काम नगरे पनि योजना पास गरी लिन्छन् । यस्तो योजाना सकिएको भोलिपल्टा त्यहि रकम लिएर किसानको उत्पादनविरुद्ध जमिन प्लटीङ गर्न लाग्ने विदेशी आयत कृषि बजार सञ्चालन गर्ने सहकारी बैंक खडा गर्ने यी माध्यबाट उत्पादन किसानलाई चर्काे व्याज लागउने मिटरव्याज चक्रवृत्ति व्याजको आधारमा किसानको जमिन हरफ जस्ता काम यी ठग किसानले गरेको पाइएको छ । यी ठग किसानको पहुचमा राजनितिक आडका मान्छेदेखि गुन्डागर्दी सम्म समर्पित हुन्छन् । राजनीतिक छत्रछायामा बाचेका प्रत्यक्ष आफैं सहभागी हुने ठग किसान हुन् ।
यसरी नेपालमा आज तीन किसिमका किसानको उत्पति भएको छ । यसमा जिवीकोपार्जन किसान आज पलाइन हुन पुगेको छ भने व्यावसयी किसान भर्खर वीउ रोप्ने प्रकृयामा वा सुरुवातको क्रममा उदाएको छ । यी दुई किसानलाई ओझेलमा पार्दै ठग कागजी किसान मौलाएको पाइन्छ । यस्ता ठग किसानले देश आत्मानिर्भरबाट परनिर्भरमा धकल्ने खोज्ने विदेशी साज्यवादीको साँठगाँठमा चल्ने उत्पादनलाई भन्दा आयतित बजारलाई ध्यान दिने साना व्यावसायीक किसानको उत्पादन निरुत्साहित बनाएर विदेशका आयती समान प्रसय दिने गर्छन् । यी ठग किसानका कारण साना जीवीकोपार्जन किसान कृषि पेशावाट हात धुने अवस्थामा आएका छन् र विदेश पलाएन भएका छन् । साना व्यासायीक किसान कृषि पेश छोड्न वाध्य भएको र मझौला ठूला किसान प्रतिपर्दा गर्न नसक्दा घाटामा छन् । यी ठग किसान विदेशी दलालसँग साटगाठ गरी कृषि वजार कव्जा गर्न लागेका छन् । अनुदान सहकारी समूहको नाममा झ्याम पार्ने चर्काे किसानलाई व्याज लगाएर गडिएका छन् भने विदेशी साम्राज्यवादीकाे उत्पादन नेपालमा भित्र्याएर मालामाल हुने क्रम बढेको छ ।
यस समस्यको समाधान गर्न जीविकोपार्जन व्यावायी बनाएर र व्यावासयी किसानलाई प्रसय दिई ठग किसानको निर्मुल पार्न आजको आवश्यक देखिएको छ । यसको लागि अनुदान भन्ने कुरा उत्पादनको आधारमा दिने, किसानलाई हरेक नागरिकको जन्मजात जमिनमाथिको अधिकार कायम गर्ने उत्पादन गर्ने चाहिने वस्तु जल, जमीन, वजारको राज्यले ग्यारटी गरी उत्पादनका साधन मल, वीउ, वीट, सिँचाई, उत्पादनमा आवश्यक उन्नत औजार उपलव्ध गराएर किसानको उत्पादन उत्पादनको आधारमा निश्चित मुल्य निधारण गरी राज्यले खरिद गर्ने व्यास्वथा गरी यी एनजिओ आईएनजिओ बन्द गर्ने नीति कायम गरे नेपाललाइ आत्मानिर्भर बनाउन सकिन्छ ।