
काठमाडौं । काठमाडौँ महानगर पालिकाले खुल्लामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने योजनाको बोरोधमा स्थानीय तथा अभियन्ताले बिरोध जनाएका छन् । महानगरको कार्यपालिका बैठकले खुल्लामञ्चमा पार्किङ बनाउन डिपिआरको कार्य अघि बढाउने भएपछि अकुपाइ टुँडिखेल अभियानले आज सुन्धारा बाग्दरवार स्थित महानगर पालिकाको गेटमा धर्ना दिनुका साथै ज्ञापन पत्र बुझाएका हुन् ।
महानगरको खुल्लामञ्चमा पार्किङ बनाउने निर्णयको विरोधमा रहेका उनीहरुले महानगर पालिकाका मेयर बाले शाहलाइ नभेटेपछि उप मेयर सुनिता डंगोलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा डिपिआरको कार्य तत्काल रोक्न माग गरिएको छ।
‘ अकुपाइ टुँडिखेल ’ अभियानले २०७५ साल कात्तिक २३ गते रत्नपार्कदेखि खुल्लामञ्च र सैनिक मञ्चको बीचको बाटोसम्म मानव साङ्लो बनाएर आन्दोलन सुरु गरेको थियो। तत्कालिन मेयर विद्यासुन्दर शाक्यले टुँडिखेल मास्न खोजेको भन्दै यो अभियान सुरु भएको थियो।