
काठमाडाैँ । अल्का अस्पताल प्रा.लि.ले राष्ट्रिय स्तरको निः शूल्क स्वास्थ्य शिविर आजबाट सुरु गरेको छ । पाँच दिनसम्म चल्ने शिविरको सोमबार विहान अस्पतालका अध्यक्ष कुमार थापाले उद्घाटन गरेका थिए ।
सामाजिक सुरक्षा उत्तरदायीत्व अन्तरगत सुरु भएको शिविरमा मधुमेह, थाइराइड तथा हर्मोन, निः सन्तान दम्पतीलाई विशेषज्ञ सेवा र न्यूरो साइक्याट्रिक विशेषज्ञ सेवा दिइने अस्पतालले जनाएको छ ।
त्यसैगरी अत्याधुनिक एमआरई, सिटी स्क्यानलगायतका एक दर्जन बढी प्रयोगशाला परीक्षण गरिने अस्प्तालका प्रशासन प्रमुख भगवान केसीले बताए । उनले शिविरमा निःशूल्क औषधि वितरण समेत गरिने जानकारी दिए ।
विशिर अवधिमा जाँच गरेको बिरामीहरुलाई एक महिनासम्म निः शूल्क फलोअप गरिने समेत केसीले जानकारी दिए । शिविरमा सहभागी निः सन्तान दम्पतीलाई एक लाखसम्मको आइबीएफ सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।
एक दिनमा दुईदेखि तीन सयसम्म बिरामी जाँच गर्न सकिने र शिविरमा ६ जना विज्ञ चिकित्सकसहित दुई दर्जन स्वास्थ्यकर्मी परिचालिन हुने अस्पतालले जनाएको छ ।