आज :

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा आफू खुशी बढाइएको दूधको मूल्य फिर्ता

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा आफू खुशी बढाइएको दूधको मूल्य स्थगन भएको छ । केही डेरी उद्योगहरुले आफू खुशी एकै पटक १४ रुपैयाँसम्म दूधको मूल्य बढाएका थिए ।

कृषि मन्त्रालयको समेत जिम्मेवारी समालेका प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले एक विज्ञप्ति जारी गरेर दूधको बढेको मूल्य फिर्ता लिएको जानकारी गराएका छन् । उनले उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ताको क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गरिने यादवले जनाएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मूल्यवृद्धि विरुद्ध उजुरी गरेका थिए । त्यसमा प्रधानमन्त्री प्रचण्डले दूधको मूल्य तत्काल स्थगन गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal