आज :

आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरु, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

  • अनलाइन डबली

काठमाडौं । आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरु भएको छ । नेपालसहित विश्वभर राजनीतिक र प्राकृतिक ठूलाठूला घटनासहित सन् २०२२ सकिएको छ ।

अंग्रेजी वर्षमा नेपालमा पनि मनाइँन थालिएको छ । विदेशी पर्यटकको बाक्लो उपस्थिति हुने काठमाडौंका ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा शनिबार साँझ ‘न्यू इयर इभ’ का कार्यक्रम गरिएका छन् । आज पनि पर्यटकको चहलपहल हुने क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिएका छन् ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनकाे सुरुआत भएको भन्ने भनाइ पनि रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको मानिन्छ ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न ठाउँमा यो सम्वत् लादेकाले अहिले यसको विश्वव्यापी प्रचार छ । इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अङ्ग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal