आज :

२०२२ मा नेपालमा ५३ प्रेस स्वतन्त्रता हननका घटना, नयाँ शैलीमा पत्रकार र संचामाध्यममाथि हमला

  • अनलाइन डबली

काठमाडौँ । अबको केही घण्टामा सन् २०२२ सकिएर २०२३ सुरु हुँदैछ । यो वर्षले नेपाली प्रेस जगतको लागि थप चुनौती थपेर गएको छ । यो बर्ष ५३ वटा प्रेस स्वतन्त्रता विरुद्ध घटना हुनेको साथै सरकारले संविधान विरोधी प्रेस ऐन संसदमा विचाराधिन अवस्थामा रहेका छन् ।

नेपाल पत्रकार महासंघले शनिबार एक प्रेस विज्ञप्ति जारी गरेर यो वर्ष नेपालमा ५३ वटा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी घटना भएको बताएका छन् । त्यस्तै, सन् २०२२ मा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्धका कानून ल्याइएको छ । संघ, प्रदेश र स्थानीय सरकारले ल्याएका सञ्चारसम्बद्ध विचाराधीन कानून प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेका छन् ।

महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२२ निकै नै चुनौतीपूर्ण वर्ष बनेको छ । नयाँ प्रविधि र शैलीको विकाससँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका घटनामा पनि नयाँ नयाँ तरिका अपनाइएको पाइएको छ । प्रकाशित तथा प्रसारित समाचारमा असहमति राख्ने व्यक्ति वा समूहले सञ्चार संस्था र पत्रकारमाथि नयाँ नयाँ तरिका अपनाएर आक्रमण गरेका पाइएको छ । यसले नेपालको पत्रकारिता क्षेत्रमा नयाँ चुनौती भित्रिएको छ ।”

अघिल्लो वर्षमा भन्दा फरक यो वर्ष डिजिटलमाध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण भएको महासंघले बताएको छ । अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठि रूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको महासंघले बताएको छ ।

नेपाल पत्रकार महासंघको अभिलेखमा सन् २०२२ मा प्रेस स्वतन्त्रता हनन्का ५३ वटा घटना घटेका छन् । नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन शाखाको अभिलेखअनुसार ५३ वटा घटनामा १३२ जना पुरुष र १८ जना महिला पत्रकारसहित ६ वटा सञ्चारसंस्था प्रभावित भएका छन् ।

सन् २०२१ मा प्रेस स्वतन्त्रता हनन्का ६२ वटा घटना अभिलेख भएका थिए । ६२ वटा घटनामा १९० जना पत्रकार तथा ४ सञ्चारमाध्यम प्रभावित भएका थिए । तर, पनि यो वर्ष घटना अघिल्लो वर्षभन्दा निकै भिन्न रुपमा अगाडि बढेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal