आज :

कोरियाले एकैपटक तीनवटा शक्तिशाली ब्यालेस्टिक मिसाइल जापानी क्षेत्रमा प्रहार गर्यो

  • अनलाइन डबली

काठमाडौं । जनवादी कोरियाले एकै पटक तीनवटा शक्तिशाली ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । जापानको रक्षा मन्त्रालयले तीनवटै मिसाइल आफ्नो समुद्री क्षेत्रमा प्रहार गरिएको जनाएको छ ।

स्थानीय समयानुसार बिहान ८ : ०० बजे, दोस्रो ८ : १४ बजे र तेस्रो त्यसको एक मिनेटपछि प्रहार भएको जापानको रक्षा मन्त्रालयले जनाएको छ । उसले मिसाइल छोटो दूरी पार गरि समुद्री क्षेत्रमा खसेको समेत जनाएको छ ।

तीनवटै मिसाइल राजधानी प्योङयाङको उपनगरबाट प्रहार गरिएको थियो । ती मिसाइल १०० किलोमिटरको उचाइबाट ३५० किलोमिटरसम्म उडेको अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले मिसाइलहरू जापानको समुद्री क्षेत्र तर विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेकाे जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal