आज :

पुस १७ गतेबाट त्रिभुवन विश्वविद्यालयले छोटो हिउँदे बिदा दिँदै, कति दिन ?

  • अनलाइन डबली

काठमाडौं । त्रिभवन विश्वविश्वालयले पुस १७ गतेदेखि हिउँदे दिने भएको छ । यो वर्ष घटाएर हिउँदे बिदा दिने भएको हो । त्रिविका अनुसार बढीमा २२ दिनसम्म हिउँदे बिदा दिने निर्णय गरेको छ ।

त्रिविले पुस १७ गतेदेखि २२ दिन शिक्षक तथा विद्यार्थीलाई हिउँदे बिदा दिने निर्णय गरेको छ । यही पुस ३ गते बसेको त्रिविको कार्यकारी परिषद् बैठकले आगामी पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिने निर्णय गरेको थियो ।

त्रिविले जारी गरेको सूचनामा सम्पूर्ण आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा पूर्व व्यवस्थाअनुसार शिक्षक र विद्यार्थीहरुलाई दिइदैँ आएको हिउँदे बिदा यो वर्ष आ–आफ्नो निकायको अनुकूलता हेरि पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म दिनसकिने गरी स्वीकृति भएको जनाएको छ ।

कोरोनाका कारण विगतमा हिउँदे बिदा समेत कटौती गरिएको थियो । २ वर्षसम्म हिउँदे बिदा नदिएको त्रिविले गत वर्ष बढीमा १० दिन मात्रै हिउँदे बिदा दिएको थियो ।

त्रिविले लामो समयपछि स्ववियु चुनाव पनि गराउन खोजिरहेको छ । फागुन २८ गते चुनाव गर्ने गरी त्रिविले तयारी अगाडि बढाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal