
काठमाडौँ, पुस १४ गते । लेखक पद्म श्रेष्ठको पुस्तक“योगदानी व्यक्तित्व” समाजका कुशल अभियन्ताबारे विवेचना गरिएको छ ।
लेखक श्रेष्ठले यस पुस्तकमा कला, भाषा, साहित्य, कृषि, शिक्षा तथा विभिन्न दृष्टिले नेपाली समाजका लागि योगदान पु¥याउनुभएका २५ जना व्यक्तिको उर्जासिल र प्रेरक कर्मको चर्चा गर्नुभएको छ ।
समाधान(सोलुसन) समाजद्वारा विहीवार राजधानीमा आयोजित कार्यक्रममा सो पुस्तकबारे विवेचना गर्दै अद्वैतवादका प्रचारक तथा धार्मिक गुरू दामोदर गौतमले विश्वका सबै धर्म र धर्म गुरू, धार्मिक पुस्तक दिने एउटै सन्देश मानवता र मानवताको भलाईका लागि जीवन समर्पण गर्नु रहेको बताउनुभयो ।
उहाँले विभिन्न समय, विभिन्न कोणबाट मानिसलाई सत्मार्गमा डो¥याउन भगवानको रूपमा आउनुभएका महामानवहरूले अन्यको भलाईका लागि काम गर्दा आफ्नो आत्माको शुद्धि तथा मुक्ति हुने उदाहरण पेश गर्नुभएको छ, तिनै भावको समर्थन गर्दै आफुले सञ्जिवनी केन्द्रमार्फत आर्थिक अभावले छटपटाएका रोगीको सहयोग गरिरहेको बताउनुभयो ।
सो पुस्तकमा गुरू गौतमका समाजसेवा र उहाँले पछ्याउने दर्शनबारे पाठकले पढ्ने अवसर पाउनुहुनेछ ।
कलाकार अजय देशारले “योङ पिकासो” संस्थामार्फत अवसरबाट बञ्चित बालबालिका तथा किशोर, किशोरीका लागि राजधानी वरिपरीका दुर्गम गाउँमा पुगेर चित्रकला सिकाउनुको उद्देश्यबारे चर्चा गर्दै आफु विदेश पुगेर मेहनत गर्दाको क्षणले सिकाएको पाठले यसतर्फ डोरिएको बताउनुभयो ।
त्यसैगरी अभियन्ता प्रेम बासुकलाले आफ्नो पुख्र्यौली जग्गा, जमिन बेचेर अन्य कामका लागि खर्च गर्ने बानीले सुकुम्बासीको स्थितिमा पनि पुगिन्छ, जग्गा बेच्ने गल्ती कसैले नगरौँ भन्नुभयो ।
कार्यक्रममा होमबहादुर भुषालले आधुनिक तथा सङ्गठित रूपमा एमडिएस कम्पनीमार्फत स्कुलका बालबालिकालाई समेत कृषिबारे ज्ञान दिइरहनुभएको छ ।
सोलुसन समाजका प्रमुख साधुराम महर्जनले सत्सङले जीवनको लक्ष्य प्राप्तीका गोरेटो भेटिने चर्चा गर्दै जुनसुकै कर्ममार्फत पनि अरूको भलाई गर्ने कर्मले समाजका लागि योगदान पुग्ने विचार व्यक्त गर्नुभयो ।
उक्त पुस्तकमा गौतम, देशार, भूषाल, बासुकला र महर्जनले आफ्नो दैनिक जीवनमा गर्ने काममार्फत नै समाजका लागि योगदान पु¥याएको यथार्थबारे समेटिएकोमा खुसी व्यक्त गर्नुभयो ।
त्यसैगरी समाजसेवी रश्मी तुलाधर, लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कडेंल, घोष्ट राईटिङका संस्थापक कमल ढकाल, तारा भण्डारी, कलाकार सविता डंगोल,रक्तदाता प्रेमसागर कर्माचार्य,खेलाडी बैकुण्ठ मानन्धर,हरिप्रसाद गौतमलगायत २५ जनाको काममार्फत समाजका लागि पु¥याउनुभएको योगदानबारे विस्तृत जानकारी समेटिएका छन् ।